भाद्र १० काठमाण्डौ | लहान-आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ ।घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै सप्तरीको खडग खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एक वृद्धको शव शनिबार फेला परेको छ ।
खडक नगरपालिकास्थित कल्याणपुर बजारमा हाट बजार गरी गत शुक्रवार घरतर्फ फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएका सप्तरीको खडग नगरपालिका–७ निवासी ६० वर्षीय पुष्पलाल तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएको स्थानबाट करीव ४ किलो मिटरको दूरीमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भवेश रिमालले जानकारी दिनुभयो

0 Comments