प्रहरीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको भीमदत्तनगरपालीका १८ सालघारीका १४ वर्षीय शनि खुनाको दाहसंस्कार गरिएको छ। प्रहरीको सलामी सहित राष्ट्रिय झण्डा ओढाएर दाहसंस्कार गरिएको हो। सरकारले खुनालाई राहत स्वरुप रु १० लाख सहयोग रकम उपलव्ध गराउने घोषणा गरेपछि खुना परिवार शनिको दाहसंस्कार गर्न तयार भएका हुन्। शनिको अहिले नगरपालीकाको–९ ब्रम्हदेव स्थित महाकाली नदी किनारामा दाहसंस्कार गरिएको हो। शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन भैरहेका बेला प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो। दाहसंस्कार कार्यक्रममा सहमागि भएका भीमदत्तनगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले सरकाले खुना परिवालाई शहिद घोषणा गरी रु १० लाख रकम उपलव्ध गराउने घोषणा गरेपछि दाहसंस्कार गर्न सहमत भएको बताए। शोक सन्तप्त परिवाजनमा समवेदना व्यक्त गर्दै नगर प्रमुख विष्टले भने, ‘थप सहयोगका लागि प्रदेश सरकारसित पहल गर्छु।’ नगर प्रमुख बिष्टले खुनाका बुवा विरु खुनालाई भेटेर शनिवार तीन लाख सहयोग दिने घोषणा गरेका थिए। विरु नगरपालीकाका स्थायी कर्मचारी हुन्। दाहसंस्कार कार्यक्रममा प्रदेश–७ का प्रदेश सभा सदस्य तारालामा तामाङ, भीमदत्तनगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्ट, बेदकोट नगरपालीकाका नगर प्रमुख असोक चन्दलगायतको उपस्थीति रहेको थियो।
0 Comments